दिनेलाई केही नहुने-लिनेको जीवन बच्ने रक्तदान गर्नुहुन्छ?

लेखक-डा अबिस्कार चापागाईं

म रक्तदाता हुँ । मलाई यसमा गर्व अनि खुसी छु । तपाईंले रक्तदान गर्नु भयो त ? रक्तदान जीवनदान अर्थात् तपाईंको शरीरमा भएको रगत कसैलाई दिँदा कसैको परिवारमा खुसी आउँछ ।ज्यान जोगिन्छ । सायद मेरो पहिलो सेवा भनेको मैले थाहा पाए सम्म समाजका लागि गरेको सेवा नै रक्तदान कार्यक्रममा सहभागि कार्यक्रम हो । मेरो स्कूल सन राइज इंग्लिश स्कूल, भरतपुर जहाँका शिक्षक ले मलाई सेवा,समाज अनि हामीले हाम्रो समाजलाई के दिन सक्छौ भनेर प्रेरित गरेको थलो हो र समाजसेवा मानवताको लागि अपरिहार्य हो । हो मलाई स्कूल ले एउटा ठाउँ दियो जहाँ मलाई सिकाउन थालियो "रक्तदान जीवनदान" ।
सम्झना गर्दै जाँदा ८ कक्षमा म सन राइज पुगेको थिएँ, सानै देखि अलिक काम गर्ने, समाजलाई केही दिनु पर्छ भन्ने, वाक कला रुचाउने म , जूनियर रेडक्रस सर्कल मेरो लागि राम्रो ठाउँ थियो जहाँ म बसेर मेरो वाक कला नी सुधार गर्ने पाउने र स्कूल भित्र बाट नै समाजसेवा गर्ने प्रेरणा र मौका मिल्ने । हाम्रो जूनियर रेडक्रस सर्कलमा बस्न का लागि नाम लेख्नु पर्थ्यो अनि अन्तरवार्ता बाट समिति चयन हुन्थ्यो अनि त्यो चयन भएका सदस्य बाट समिति निर्माण हुन्थ्यो । मैले नी कार्यसमिति र विभिन्न उपसमिति मा रहेर काम गर्ने मौका मिल्यो । सिक्ने अनि सिकाउने कला सँग सँगै म समाज सँग जोडिने पुगेको रहेछु भन्ने कुरा यतिबेला महुसुस हुन्छ । मेरो मस्तिष्क मा त्यति बेला बाट नै रक्तदान जीवन दान सबै भन्दै ठुलो मानवीय कार्य हो भनेर, त्यतिबेला विभिन्न चरण मा हामीले काम गरेको जग मा अचेल पनि कसैलाई रगत पुगेन भनियो भने मन आतिन्छा सायद त्यो मैले त्यही जूनियर रेडक्रस बाट पाएको शिक्षा हो । स्कूल मा वर्षमा कम्तीमा नी दुईपटक रक्तदान कार्यक्रम सञ्चालन गर्नु पर्ने हुन्थ्यो । एक पटक समय मिलाएर, एक पटक वार्षिक उत्सवको अवसरमा , धेरै मान्छे को सहभागी हुन्थ्यो जसकारण पनि हामी नै समिति मा हुँदा जिल्ला बाट नै हाम्रो जूनियर रेडक्रस सर्कल लाई धेरै पुरस्कार जितेको थियो । गज्जबको कुरा के थियो भने, हामी सबैलाई एउटा जिम्मेवारी हुन्थ्यो, कसैले ढोका मा रगत दिन आउनु भएका लाई स्वागत गर्ने, कसैको काम नाम लेख्ने, नाम लेखेर रगत दिए पछि, चना अण्डा, फ्रूटी जुस दिने चलन थ्यो कहिले कतै टी शर्ट पनि दिनु पर्ने सबै यसरी काम गर्थें हामी यस्तो खुसी अनि मन यति आनन्द हुन्थ्यो । कति जना भो भन्दै लिस्ट हेर्न पुग्थ्यौं, सायद हाम्रो मन मा के थ्यो भने जति धेरै मान्छे त्यति धेरै को ज्यान जोगिने । अरु ले रगत दिएको देख्दा मेरो उमेर कैले आउने हो त दिने भनेर कुर्नु पर्ने हुन्थ्यो किन की मेरो उमेर रगत दिने उमेर त थिएन तर जुन दिन हुन्छ त्यो दिन पक्का दिनका लागि अग्रसर भै पुण्य को काम गर्ने छु भन्ने मन हुन्थ्यो ।अझ हाम्रो स्कूलमा धेरै जना सर हुनुहुन्थ्यो जसले २५ पटक भन्दा बढी नै रक्तदान गर्नु भएको नाम उहाँहरुको लिँदा प्रेम सर, श्यामा म्याम, तिल बहादुर आले सर, देवेन्द्र सर उहाँ हरुको त्यो यति पटक सुन्दा म अझ ओहो हाम्रो नी उमेर हुन थाले पछि धेरै पटक दिने हो गन्ने हो भन्ने एउटा हुटु हुट्टी पनि थियो।। रेडक्रस ले मलाई यसरी मलाई समाज अनि मानवसेवा गर्न का लागि ठूलो काम हैन हजुरको रगत मात्र दिए नी पुग्ने कुरा सिकायो । अनि मलाई सात सिद्धान्त निहित हरेकमा हुनु पर्ने सिकायो जुन म यति बेला चिकित्सक हुँदा पनि त्यही सात सिद्धान्त मा निहित छु, १.मानवता २.निष्पछ्यता ३.तटस्थता ४.स्वाधिनता ५. स्वयम् सेवा ६.एकता ७.विश्वव्यापकता स्कूल का भित्ता हरुमा यो कुरा रातो मसी ले लेखिएको थियो , मेरो अवचेतन मनमा यो कुरा रहेछन जसकारण नै म आज चिकित्सक पेशा मा रमाउँदै छु, सायद त्यो रेडक्रस को समिति मा बसेर मानवीय सेवा, भित्तामा लेखिएका सात सिद्धान्तका कुराहरू मेरो मगजमा कतै न कतै रहँदै गर्दा यो कुराहरूका कारण पनि मैले प्लस २ पछि चिकित्सक बन्ने प्रेरणा र सपना देख्न थाले । सेवा नै उच्च हो अनि मानवताको सेवा नै सबै भन्दा ठूलो पुण्य को काम हो । यो अवसर पूरा हुनका लागि म १८ वर्ष त पुगेकै हुनुपर्यो र यो अवसर स्कुलमा पूरा हुने थिएन, जसकारण म कलेज भर्ना भए अनि अरोमा कलेज भरतपुर , जहाँ मेरो पहिलो रक्तदान गर्ने अवसर प्रदान भो । १८ वर्ष पुगेका सबैजना ले आफ्नो जन्म उत्सव रक्तदान गरेर मनाऊ भन्ने नारा सहित, अनि म त्यो दिन धेरै वर्ष अघि देखि कुरिरहेको थियो अनि पूरा पनि भयो अनि कलेजमा पनि रेडक्रस सर्कलमा रहेर विभिन्न मानवीय सेवाका काम धेरै नै गरियो ।। यसरी म प्रत्येक वर्ष कम्तीमा नी ३-४ पल्ट दिने नै छु भन्ने प्रण गरेको छु । मैले यति बेला १२ पटक सम्म रक्तदान गरिसकेको छु अनि निरन्तर गरी पनि रहने छु । रक्तदान जीवनदान का विषयमा हाम्रा समाजमा धेरै मिथ्या कुरा पनि छन् , यो नितान्त एउटा सेवा कि रूपमा स्थापित गर्नु छ र भइरहेको पनि छ । तपाईंको शरीरमा बनेको रगत यदि कसैलाई दिएर ज्यान जोगिन्छ भने किन नदिने दिऊ सेवा गरौं अनि पुण्य कमाउ । तपाईंको रगतले कसैको परिवारमा खुसी प्रदान गर्छ भने किन नदिने !! सबै जनालाई प्रेरित गरौं । म रक्तदाता हु भनेर खुसी हुनुहोस , समाजसेवा गर्न का लागि पैसा, क्यामेरा, फोटो अनि पत्रिका मा नाम खोज्न कोसिस नगरौं , अचेल त झन् विभिन्न माध्यम बाट रगत आवश्यकता भन्दै हेल्प पोस्ट आउँछन् , हामी आफै आफ्नो रगत मिल्ने हो कि हैन फोन गरौं ,म्यासेज गरौं , जना मिल्ने ठाउँ छ भने गएर रक्तदान गरौं नभए साथी भाई, इष्टमित्र लाई सम्झाएर रक्तदान गर्ने प्रेरणा दिने कोसिस गरौं अनि रगत अभाव को कारण कसैको ज्यान जान नदिउँ ।। हामी हरेक व्यक्तिबाट रक्तदान का विषयमा रक्तदाता का कुराहरू समाजमा हरेक तप्कामा पुर्याउने कोसिस गरौं । जीवन कालमा केही नगरे नी एक पटक रक्तदान गरौं अनि त्यो रगत लिने बिरामी को परिवारको खुसी अनि ओठ मा मुस्कान, रगत खोज्दै हिँडेका परिवारमा तपाईंले प्रधान गरेको खुसी नै सबै भन्दा ठूलो मानव धर्म हो । म त खुसी छु नियमित रक्तदाता हुन पाउँदा । अब पालो हजुरको को । विश्व रक्तदाता दिवसको अवसरमा मेरो सबै जनमा अनुरोध तपाईंको छोरा छोरीलाई केक काटेर हैन १८ वर्ष पुग्दा रक्तदान गराएर मनाउन सिकाउनु होस्, मेरो जस्तै स्कूल ले गरेको काम सबै स्कुलमा होस् । रक्तदान नै जीवनदान हो र मानवता को ठुलो काम हो भनेर सबै तह तप्का व्यक्ति, संस्था अनि राज्यको अवधारणा होस् । रक्तदान जीवनदान । विश्व रक्तदाता दिवसको को अबसरमा आज सम्म रक्तदान दिने सबै रक्तदाता मा उच्च सम्मान र यदि कसैले दिनु भएको छैन भने उमेर पुगेको , निरोगी हुनुन्छ भने आज नै नजिक को रक्तदान गर्ने केन्द्र मा गई रक्तदान गरौं जीवनदान गर्नुहोस । मानव कल्याणको काम गरौं ।

0/प्रतिक्रिया