मेडिकल अफिसरले कति कमाउँछन् ?

हुन त छोरा मान्छेको तलब अनि छोरी मान्छेको उमेर नसोध्नु भन्छन् ।

पहिलेदेखी कै चलन अरे।

आजभोलि ,दुबैलाइ उल्लेखित दुबै कुराहरु नसोधेकै राम्रो भन्ने सोचाइ छ।

उमेर त मानिसको अनुहार हेरेर पनि अलिकता गेस गर्न सकिन्छ ।

तर, तलब ?

यो त देउवालाइ सात चोटि प्रधानमन्त्री बन्नेछौ भनेर ठोकुवा गर्ने ज्योतिषले सम्म पनि भन्न सक्दैन होला।

अझ,

मेडिकल अफिसरको त के कुरा।

...

नेपाली समाजमा रहेको धेरै भ्रमहरु मध्य डाक्टरको तलब बारेको भ्रम पनि एक हो।

आफुले पालेको भ्रमनै बास्तबिकता ठान्ने समाज अनि सोचेको `भ्रम´ यथार्थमा नभइसकेपछी वाक्क भएका डाक्टरहरु अझ मेडिकल अफिसरहरुको पीडा बीचको मिलनबिन्दु धेरै पर छ।

साँच्चै ,

डाक्टरहरुले कति कमाउँछन् ?

यो प्रश्नको उत्तर दिनुअघी पहिला डाक्टर भन्न कति के पढ्नुपर्छ भन्नेबारे अलिकती भनिहालुँ ।

+२ सकाएपछी साढे पाँच बर्षमा एमबीबीएस सकिनुपर्ने चलनचल्तीको नियम हो।

तर,

यो नियम लागू भएको होला भन्ठानेर सोच्दैनसोच्नु।

नेपालका टियु अन्तर्गतका मेडिकल कलेजमा पढिरहेकालाइ त झनै सोध्दै नसोध्नु।

किनकी,

लगातार पास भइरहेपनी साढे छ देखि सात बर्ष सम्म लगाइदिने टियुको आफ्नै "युनिभर्सल नियम" छ।

गुनासो गरेर के गर्नु।

सुनुवाइ हुँदैन भन्ने सबैलाइ थाहै छ।

..

अब पैसाको कुरा।

सरकारले जति तोकेपनी तिरेर पढ्नेको हकमा एमबीबीएस समयभरी ६०-७० लाख खर्च भएन भने त्यो केस अपबाद हो।

उदाहरण होइन।

अनि,

अपबादलाइ कतैपनी उदाहरण मानिन्न।

..

ह्या!

बितेका कुरा के गर्नु। 

आइसकियो। 

पढिसकियो।

अब कमाइको कुरा गरौं न ।

आफुले सोचेका भ्रमहरु एक एक गरी पत्रपत्रका च्यातिएका यथार्थलाई हेरौं न।

...

"भाइ,घन्टाको बेसिकमा पो पैसा दिन्छ यार अस्पतालले"। एमबीबीएस सकाएपछी काठमाडौंको एक अस्पतालमा काम गर्न पुगेका एक दाइले अचम्म मान्दै भने।

यस्तो हुन्छ होला भन्ने त मैले कल्पनै गरेको थिइन।

सपना अनि यथार्थ बीचको खाडल ठूलो भएपनी पाइने असन्तुष्टि बाहेक अरु के नै पो हो र।

मेडिकल अफिसर भैनसकेको मलाइ दाइको उत्तरले चकित बनायो ।

अनि,

देशभित्र चिनेजानेका मेडिकल अफिसरलाई तलब बारे सोध्न थाँले।

"भाइ,हाम्रो चाहिँ ५६ छ ।अनेस्थेसियामा काम गर्नेलाइ चाहिँ ६१ हजार छ" । मेडिकल अफिसरलाइ अलिक धेरै पैसा दिने भनी चर्चित आइओएममा काम गर्नेले यसो भने।

"सबै जोड्यो भने ७० जति पुगनपुग हुन्छ" । गंगालालमा काम गर्ने दाइले थपे-"यो तलब त अरुको हेरि त बेस्ट हो नि"।

आफैंले पढेको मेडिकल कलेजमा मेडिकल अफिसर भएर काम गरिरहेका दाइलाइ साेधेँ-" ३३-३४ हजार हो । मिलाएर गर्यो भने अर्को ठाउँमा पनि भ्याइन्छ तर सार्है पेलाइ पर्छ"।


सहर बजारमा काम गरेकाको कुरा सुनेपछी गाउँतिर खटिएका लाई साेधेँ।

"भाइ,एक लाख त आरमले बच्छ नि यता"। काठमाडौंमा पढेर गोरखाको एक निजि अस्पतालमा काम गर्न पुगेका ललितपुरका स्थायी निबासी दाइले भने  ,तर खट्न चाहिँ ७ दिन-चौबीसै घन्टा हो।

रुकुममा काम गरेको चार महिना भएको दाइलाइ साेध्दा भने-" पैसा त एक लाख बढी दिन्छु भनेका थिए। तर अहिलेसम्म पकेट खर्छ बाहेक अरु दिएको छैन "।

माथी उल्लेखित तलबमा जोखिम भत्ता-बिमा लगायत अन्य केही समाबेश छैन।


किनकी,

मेडिकल अफिसर भनेका ज्यालादारी मजदुर जस्तै हुन् अस्पताल संचालकको नजरमा।

....

तरपनि,

हामी चुपचाप आफ्नो काम गर्नुपर्छ रे!

किनकी,

डाक्टर भनेका भगवान हुन् रे।

HA/CMA ले जतिनै पेलेपनी ,फार्मेसी खोल्न नपाएपनी,कुटाइ खाने अग्रपंक्तिमा हुने तर स्वास्थसंबंधित सबैले डाक्टर लेखेपनी पेलानमा चाहिँ हामी मात्र पर्नुपर्छ रे।

चार बर्षसम्म आधारभूत अधिकार लोकसेवा नखोलेपनी ,दिनेछौं भनेको जोखिम भत्ता अग्रपंक्तिका बाहेक सबैले पाएपनी ,आठौं तहको भएपनी पाचौं तहको अन्डरमा बस्नुपरेपनी हामीले आवाज उठाउनुहुन्न रे।

किनभने,

हामी भनेको भगवानको अर्को रुप हो रे।

कपाल काट्ने नाइँदेखि जुत्ता सिलाउने सम्मले आफ्नो न्युनतम पारिश्रमिक तोक्दा हामीहरु चाहिँ ज्यालादारीमै रमाउनुपर्छ रे ।

किनभने,

हामी भगवान हौं ।

...

तर,

थाहा छ,

आफ्नो काम पूरा गर्नलाइ भगवानकोमा लम्पसार पर्नेहरुले केही नराम्रो भैहाले भगवानलाइ नै सराप्छन्।

हामी जे गरेपनी सधैं अपजस मात्र पाइरहने "भगवान" हौं ।

अर्थात् ,

ढुङ्गा ।

प्रयोग गरेर मिल्काउन मिल्ने ढुङ्गा !

आठौं तहको भएपनी पाचौं तहको अन्डरमा बस्नुपरेपनी हामीले आवाज उठाउनुहुन्न रे।

किनभने,

हामी भनेको भगवानको अर्को रुप हो रे।


 

0/प्रतिक्रिया