यो लेखको सुरुवातनै मैले प्रश्नमार्फत गरेँ किनभने यो अस्पतालले नेपालको स्वास्थ्यसेवाको त्यो बिगत ,यो बर्तमान अनि भबिस्यको चित्र (देख्न चाहे)प्रस्ट देखाउँछ।
..
अाँपिपल अस्पताल बारे लेख्ने सोचेपछी मैले माइत त्यहीँ भएको मेरै आमालाइ फोन गरेँ।
"आमा,अाँपिपलमा उपचार गराउँदाको तपाइँको अनुभव सुनाउनु त"!
अलिक नसोचेको प्रश्नको जवाफ दिनपरेपछी आमाले कारण सोध्दै भन्नुभयो- "त्यो अस्पताल नभएको भए आज हाम्रै धेरै आफन्त हुँदैन थिए होला कान्छा"!
हो,यो अस्पताल यस्तै हजारौंको भावनात्मक सम्बन्ध जोड्ने एक अस्पताल हो।
...
आजभन्दा ५२ बर्ष अघि,
यो लेख पढिरहनुभएका तपाइँ हामी धेरै यहाँ नहुँदै !
"युनाइटेड मिसन टु नेपाल" नामक एक एनजीओले काठमाडौंबाट १५० किमि टाढाको ठाउँ गोरखा-अाँपिपलमा एउटा सानो फार्मेसी खोलेर स्वास्थ्यसेवा प्रदान गर्न सुरु गर्यो।
१०२० मिटर उचाइमा रहेको यो ठाउँमा सेवा प्रदान गरेको थाहा पाएपछी लिनेको लाइन लाग्यो।
समय बदलियो।
सानो फार्मेसी अस्पतालमा बन्यो।
सुबिधासम्पन्न भवनहरु बने।
स्वयंसेवक बनेर जर्मनी-फ्रान्स देखि बिसेसज्ञ चिकित्सक आएर बर्षौसम्म सेवा गरे।
लमजुङ -गदेखी-तनहुँ लगायत अन्य भेगका मान्छेहरु पनि सेवा लिन आए।
उल्फार्ड स्टोर्के नामक जर्मनीका डाक्टरले १२ बर्षसम्म स्वयंसेवक भएर काम गरे।
आफ्नो नागरिकले अर्काको देशमा गएर गरेको त्यो सेवाभावबाट प्रभावित बनेर उनको जन्मदेश जर्मनीले उनलाइ "जर्मनी रास्ट्रपति अवार्ड" प्रदान गर्यो।
आफ्नो उर्जाशिल समय नेपालका दुरदराजका नागरिकलाइ सेवा प्रदान गरेर बिताएका उनी आफ्नो बुढ्यौली बिताउन जन्मभुमि गए।
सेवा गरेको देश नेपालबाट अनेकौं कामना-प्राथना लिएर गए।
किनकी,
नेपालीसंग दिनलाइ त्यो बाहेक अरु केही थिएन।
अझ,
२७ बर्षसम्म निरन्तर सेवा दिइरहेका बिदेशी चिकित्सकलाई कति धन्यवाद पाए होला!
डाक्टर हेलेन लगभग दशकसम्म त्यही काम गर्ने अर्को विशेषज्ञ चिकित्सक हुन् ।
अस्पतालले संगै देशको माहोलपनि परिवर्तन भयो।
२०५८ सालमा अस्पताल सुरुवातकर्ता "युनाइटेड मिसन टु नेपाल" ले आधिकारिक रुपमै यो अस्पतालसंग आफ्नो सम्बन्ध अन्त्य गर्यो।
अनि,
सुरुवात भयो "अस्पताल बिकास समिती" नामको स्वदेशी समूह।
युनाइटेड मिसनले छोडेपछी अस्पताललाई अत्यावश्यक सामान लगायत धेरै कुरामा "नेपाल मेड" नामक संस्थाले सहयोग गर्न सुरु गर्यो। क्रम अहिलेपनि जारी छ ।
..
"ओहो,मिसन अस्पताल हुँदासम्म त मान्छेहरु पोखरा आसपासबाट सम्म आउँथे । खर्चपनि केही लाग्दैनथो । बरु गोरेहरुले चाहिने अन्य सामान पनि दिन्थे । आजभोली त बिरामी संख्या पनि कम भएको छ। अस्पतालपनि महँगो भएको रहेछ"।
अस्पतालबारे बुझ्न मैले सम्पर्क गरेपछी संगै जोडिएको गाउँ हरिभञ्ज्याङ्का एकले भने।
मामाघर पनि यहीँ नजिकै रहेकोे मैले यो कुरा सुनेपछि थप यथार्थ बुझ्न थालेँ।
भख्खरको बजेटबाट गण्डकी सरकारले यो अस्पताललाई पचास बेडको बनाउन लागेको समाचार पढेपछी यसको यथार्थ लेख्ने हुटहुटी अझ बढ्यो।
..
यस्तो गौरवमय अतीत भएको अस्पतालको बर्तमान पीडादायी नै रहेछ।
१७ जना सरकारी कर्मचारीको दरबन्दी रहेकोे यो अस्पतालमा जम्मा दुई जनामात्र स्थायी कर्मचारी रहेछन् ।
अस्पताल बिकास समिति बाट थप तीस जना कर्मचारी रहेछन् ।
एक एमडिजिपी ,दुई मेडिकल अफिसरका कर्मचारी समिती अन्तर्गत नै भएकाले यो अस्पताललाई सरकारी भन्दापनी सामुदायिक भनेकै जाती हुने सेवाग्राहीले मलाइ बताए।
"सरकारी कर्मचारीहरु यहाँ टिक्नै सक्दैनन् । राजनीतिले नमज्जासंग गाँजेको छ यहाँ । सरकारी डाक्टरलाई काम गर्ने बाताबरण नभएपछी यहाँ बस्नुभन्दा सरुवा लिनै सजिलो ठान्छन् । केही पहिलेमात्र सरकारी एमडिजिपी डाक्टर आउनुभएको थियो ,दुई महिनामै जानुभयो"। अाँपिपल क्षेत्रमै पढाउने एक शिक्षकले यसो भने।
अहिले ठाउँठाउँमा अस्पताल खुलेका र यो अस्पतालले समयक्रमसंगै आफुलाइ त्यति अपग्रेड नगरेकाले आजभोलि औसतमा पचास-साठी बिरामी दैनिक आउनेगरेको अस्पतालका एक कर्मचारीले बताए।
अस्पताल भवनहरु जापानी संस्था "जाइका" ले बनाइदिएको अनि मेसिन लगायत सामानहरु नगरपालिका मार्फत आउने र डाक्टर लगायतका कर्मचारीचाहिँ अस्पताल बिकास समिति अन्तर्गत ब्यवस्थापन हुनेगरेको रहेछ।
१५ बेडको अस्पताल भनिएपनी क्षमता अलिक धेरैलाइ धान्न सक्ने क्षमता अस्पतालको रहेछ। अहिलेको समयमा एक एमडिजिपी ,दुई मेडिकल अधिकृत ,पाटन अस्पतालबाट पढाइको क्रममा आएका दुई रेजिडेन्ट विद्यार्थी रहेको अस्पतालमामा आउने बिरामी लगभग सबै बिमा कार्यक्रम अन्तर्गत आउने रहेछन् ।
"९० देखि ९५ प्रतिशत त बिमा गरेकै बिरामीहरु आउँछन् यहाँ "-एक डाक्टरले भने।
..
![]() |
| लेखक- सुदन अधिकारी |
प्रदेश सरकारको ५० बेडको अस्पतालमा रुपान्तरण गर्ने योजनासंगै यो कार्यको जस लिन राजनीतिक पार्टीबीच प्रतिस्पर्धा चलिरहेको छ। कार्यक्रमलाई सबै मिलेर सफल पार्नुपर्नेमा "कागजी उपलब्धि" को जस लिन मरिहत्ते गर्नुले राजनीतिक चरित्र पनि देखाउँछ।
अस्पताललाई बुझ्ने हरकोहीले यो योजना कसरी आइपुग्यो भन्ने जान्दछ।
गोरखा -२ का निर्वाचित प्रतिनिधि बाबुराम भट्टराईको आफ्नै गाउँ भएकाले पनि उनको यो अस्पतालसंग छुट्टै भावनात्मक सम्बन्ध छ । हरेकपटक यहाँ आउँदा यो अस्पताललाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेबारे उनले सरोकारवाला निकायसंग छलफल गरिरहन्थे।
सरकारी दरबन्दी नभइकन ५० बेडको अस्पताल बनाउँदा जनशक्तिको अभावमा सेवा प्रदान गर्न अन्ततः असफल भइने उनको प्रष्ट बुझाइसंगै उनी अस्पतालमा स्थायी दरबन्दी ल्याउनेपर्नेमा जोड गर्थे। केन्द्र अनि प्रदेश सरकारसंग विभिन्न तहको छलफलमा आफ्नो यो योजनालाइ केन्द्रमा राख्नेगरेको कुरा उनले सामाजिक संजालमार्फत लेखिरहने शब्दहरुले पनि भन्थे। आफ्नो निरन्तरको यो प्रयासलाई उनले प्रदेशमा आफ्नोसहितको सरकार बनेलगत्तैको बजेट भाषणमा यो योजना पारे।
यसमा कसैले दुइमत राख्छ जस्तो मलाइ लाग्दैन!
भट्टराईको यो कार्यको प्रसंसा गर्दैगर्दा यदि अब यो कार्यक्रमले भने अनुसारको गति लिएन भने यसको प्रमुख जिम्मेवार पनि स्वयं भट्टराई नै हुनेछन् ।
किनकी,
आफ्नै बलबुतामा यहाँसम्म ल्याएको योजनाको सफलता वा असफलतामा उनको नाम जोडिन्छ नै ।
..
प्रदेश सरकारको यो निर्णय लगत्तै ट्विटरमा भावनात्मक प्रतिक्रिया जनाएका बाबुराम भट्टराईलाइ मेरा केही सुझाव छन् ।
तपाइँबाहेक अरुले यो गर्दैनन् भन्ने थाहै भएर नामै किटेर लेखेको छु।
-अस्पताल बिकास समितिहरुले मुलतः राजनीतिक भागबन्डामा बनाइएको र देशैभरी "यस्तै त हो नि ब्रो" भन्ने पारा रहेकाले सकेसम्म समितिलाई खारेज गर्न पहल गरेर सरकारी दरबन्दी अनुसारको कर्मचारी राख्ने प्रबन्ध गर्ने । यति नसके,राजनीतिक आग्रह पुर्वाग्रहलाइचाहिँ अस्पताल बाहिरै राख्ने कडा निर्देशन दिनुहुनेछ भन्ने अपेक्षा ।
-खाली भवनहरुले मात्र बिरामीलाई सेवा दिन नसक्ने भएकाले दरबन्दी अनुसारको कर्मचारी सधैं राख्न जिम्मेवार निकायलाइ दबाब दिइरहने।
-जनशक्ति अनुसारको अपरेसन गर्न चाहिने सामनहरुको कुनै अभाव नहोस् भनेर सचेत गराइराख्ने
-तपाइँ स्वयं पनि आफ्नो बुढेसकालमा आफ्नै जन्मघर फर्किन्छु भनेर तयारी गरिरहेको सन्दर्भमा यो अस्पतालको बिकासका लागि यो स्तम्भकारभन्दा कयौंगुना चिन्ता चासो तपाइँलाई छ भन्ने मलाइ थाहा छ।
..
जे जस्तो उदेश्यले आएपनी युनाइटेड मिसन अन्तर्गतको यो अस्पतालबाट हजारौं ज्यान बचेका छन् । लाखौंले उपचार पाएका छन् ।
अनि,
जेजस्तो कारणले युनाइटेड मिसनले अस्पतालबाट हात झिकेपनी अब यो अस्पताललाई राम्रो अस्पताल बनाउने जिम्मेवारी हामी सबैको हो। अर्काले दिएको यो उपहारलाइ हामीले सकुशल आगामी पुस्तालाइ दिनसके कति गज्जब हुन्थो।
यो अस्पतालको स्थापना देखिको अहिलेसम्मका घटनाक्रमले नेपालमा अस्पताल लगायत अन्य संस्थाहरु कसरी बदलिए भन्ने नमुना देखाउँछ।
यो दुखत यथार्थलाई चिर्ने कि "हामी यस्तै त हो नि ब्रो" भनिरहने?
..
यति लेखिसकेपछी
यति पढिसकेपछी
गोरखा-लमजुङ-तनहुँ वा आसपास
वा,
यस्तै घटनाबरे जानकार हुनुहुन्छ भने
प्रतिक्रिया लेख्नु न है!




Post a Comment