आफ्नो नयाँ योजनाबारे सिएमसीका विद्यार्थी लेख्छन् -सत्यतथ्य स्वास्थ्य सुचनामा पहुँच बढाउनेछौँ

  निराजन भुसाल,कृपेश धिताल,कृसल अधिकारी र रोशिम श्रेष्ठ आफ्नो नयाँ परियोजनाबारे लेख्छन् -" हामी अहिले चितवन मेडिकल कलेजमा एमबीबीएस 10th batch मा अध्ययनरत छौँ।स्वास्थ्य शिक्षामा लागिसकेपछि डाक्टर बनेर बिरामीको रोग त पक्कै निको पारौँला तर हामीले डाक्टर बन्न भन्दा पहिलेनै घर समाजमा रहेको मेडिकल शिक्षा प्रतिको शंका,भ्रम र गलत धारणालाई चिरेर सामान्य स्वास्थ्य ज्ञान र सुचनाहरुलाई समाजसम्म पुर्‍याउनुपर्छ भन्ने हुटहुटी हाम्रो हरेक छलफल र बसाईमा झल्किन्थ्यो। 

त्यसैको एउटा परिणाम स्वरूप हामीले पहिलो बर्षमै "टोनिक हेल्थ (TONIC Health )"नामक पेज फेसबुक र इन्स्टामा सुरुवात गर्यौँ। यो पेजबाट हामीले हेल्थफ्याकट्स र दैनिक राष्ट्रिय अन्तर्राष्ट्रिय स्वास्थ्य समाचारहरु लिएर आउँथ्यौ र अझै पनि आउँछौँ। तर, हाम्रो तिर्खा मेटिएको थिएन! हामी अघाएका थिएनौँ।

 हरेक बसाईमा हामी कुरा गर्थ्यौँ -"हामी सरहका मानिस त सचेत नै छौँ ! हामीले अब सामान्यभन्दा सामान्य मान्छे सम्म यी कुराहरूलाई पुर्‍याउन के गर्न सकिएला ?" हाँसो रमाईलोको बीच यस्ता कुराहरू निस्किरहन्थे। एउटा कुरा के खुसी लाग्थ्यो भन्दा हामी हाम्रो उद्देश्य प्रति क्लिएर थियौँ,अनि हाम्रो ईनर्जी सधैं उत्तिकै रहनथ्यो।

 हामी यो शक्तिलाई पढाइको चापले गर्दा पहिलो २ वर्षमा परिचालन गर्न सकेनौ। तर ऊर्जा सञ्चय गर्न सकिन्छ भनेझैँ गरेर ऊर्जा चाहिँ सञ्चय गरिरह्यौँ। जसको फलस्वरुप दोस्रो वर्षको परीक्षा सकिना साथ धेरै विचारविमर्श र छलफल पछि हामीले स्वास्थ्यलाई अझ भनौँ आधारभूत स्वास्थ्य ज्ञान,सुचना विद्यमान स्वास्थ्य समस्या,फस्टाउदैगरेका दीर्घ रोगहरु र यसबाट बच्ने विभिन्न उपायहरूलाई समाज सँग जोड्ने र समाज सम्म पुर्‍याउने उद्देश्यले "स्वास्थ्य संसार" भन्ने परियोजना सुरुवात गर्यौँ। हो! 

परियोजना भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ तर यो अनवरत चलिरहने,मानिसहरूलाई सचेत गराईरहने हाम्रो विशाल परियोजना नै हो। तेस्रो बर्ष सम्म आइपुग्दा ,आफ्ना वरिपरी हेर्दा हामीले मानिसहरुमा आफ्नो स्वास्थ्य प्रति चासो रहेको तर बजारमा सुनिने जुनसुकै तथ्य भएका या तथ्यहीन अल्प /गलत सुचनाले बहकिएको देख्यौँ।अझ कतिपयलाइ ती सुचना बुझ्नै हम्मेहम्मे परेको अवस्था देखियो।

 तसर्थ हामीले रोग लाग्नुभन्दा रोग लाग्नै नदिउँ,सामान्य लक्षण देखिए त्यसलाई हेलचक्रयाँई गरेर बसेकालाई सचेत हुनुपर्छ, अस्पताल सम्म पुग्नुपर्छ भनेर उजागर गरौँ, सानो कुरामा आत्तिने समूहलाई सहनशील भएर तत्य र सही सुचना प्रति आकर्षित गरेर त्यो छटपटी दुर गरौँ , परिआएका बेला जीवन बचाउन सकिने जीवन उपयोगीज्ञान र विधीहरु सिकाउन सकौँ,समय सन्दर्भिक स्वास्थ्य सम्बन्धित जानकारीहरु दिन सकौँ,स्वास्थ्य र स्वास्थ्य सेवा र सुचना प्रतिको गलत धारणालाई चिरफार गर्नुसकौँ भन्ने उद्देश्यले समय सन्दर्भिक,तथ्यपरक,सबै समूहले बुझ्न सक्ने गरी: -स्वास्थ्य ज्ञान -आपत्कालीन जीवन उपयोगी बिधी -स्वास्थ्य जानाकारी रोग:त्यस्का आधारभूत कारण,जोगीने उपाय -यसका साथै थुप्रै स्वास्थ्य सम्बन्धित जानकारीहरुलाई सरल सहज भाषा र शैलीमा भिडियो मार्फत सामान्य मान्छेमा पुर्‍याउने उद्देश्यका साथ स्वास्थ्य संसारको उद्देश्यको दायराभित्र रहेर "स्वास्थ्य संसार"नामक युट्युबच्यानलको सुरुवात गरेका छौँ।

हाम्रो भिडियोहरुले बोकेको सुचना ,जानकारीहरु र ज्ञान समय सन्दर्भिक र सबैको चासोको अनि जान्नै पर्ने कुराहरुमा समाहित छ। 

सामान्य भन्दा सामान्य मान्छेलाई आधारभूत स्वास्थ्य सुचनाले सुचित गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्दै आत्मविश्वासका साथ हामी निरन्तर अघि बढिरहेका छौँ र सदैव रहनेछौँ। "स्वास्थ्यसंसार बारेको थप जानकारी यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ । https://www.youtube.com/channel/UCY4JPn8VQTBCE33eVvKSiPw?sub_confirmation=1

0/प्रतिक्रिया