डाक्टरको प्रेस्कृप्सनबिना एन्टिबायोटिक बेच्ने क्रम बढेको भन्दै "एनएमए" को ध्यानाकर्षण

 

नेपाल मेडिकल एसोसिएसनले डाक्टरको प्रेस्कृपसनबिना एन्टिबायोटिक तथा एन्टिमाइक्रोबिएल्स औसधिको बेचबिखनमा वृद्धि भएको भन्दै सम्बन्धित निकाय स्वास्थ तथा जनसंख्या मन्त्रालयलाइ ध्यानाकर्षण गरेको छ। आज एक बिज्ञप्ति जारी गर्दै एसोसिएसनका महासचिव बद्री रिजाललेले यस्ता औसधिको लापरबाही प्रयोगले हुनसक्ने गम्भीर असरहरुबारे बेलैमा सचेत हुन मन्त्रालयलाई आव्हान गरेका हुन् ।बैज्ञानिक हिसावले पुष्टि नभएका उपचार बिधिबारे सर्वसाधारणलाई भ्रम पर्ने गरि प्रचारप्रसारमा सङ्लग्नलाइ तत्काल छानबिन गर्न पनि माग गरेका छन् ।

0/प्रतिक्रिया