बीपी स्वास्थ्य प्रतिस्ठानका आन्दोलनरत पक्षद्वारा प्रधानमन्त्रीसंगै बार्ता गर्ने

 बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिस्ठानका आन्दोलनरत पक्षले अबको बार्ता सहकुलपती र कुलपतीसँगै गर्ने अडान लिएका छन् ।

आज एक बिज्ञप्ती जारी गर्दै संयुक्त संघर्ष समितिले हिजो बार्तामा बोलाएर उपकुलपति गिरिले आफू स्वयं मादक पदार्थ सेवन गरि आएर गैरजिम्मेवारीको हद पार गरेको उल्लेख गर्दै यसको उचित छानबिन गर्नुपर्ने माग पनि गरेका छन् ।

आन्दोलन सुरु भएको १६ दिन बितिसक्दा पनी कुनै ठोस पहलकदमी नभएको भन्दै अबको एक हप्ताभित्र पनि मागको उचित सम्बोधन नभएका सम्पूर्णले राजिनामा बुझाएर प्रधानमन्त्री कार्यलय घेर्न काठमाडौं आउनेपनी जानकारी गराएका छन् ।

मागहरु:

-असक्षम सम्पूर्ण पदाधिकारीको राजिनामा एवम् बहिर्गमन हुनुपर्ने

-प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय बार्ताटोली गठन गर्नुपर्ने

-आगामी दिनमा पदाधिकारी नियुक्त गर्दा बिज्ञहरुको समूह बनाइ उनीहरुको सुझाव अनुसार नियुक्त गर्नुपर्ने



0/प्रतिक्रिया