नेपालमा एमबीबीएस सकिएपछी थप अध्ययनका लागि बेलायत जाँदा आउने चुनौती अनि अबसरबारे छलफल गरिने भएको छ ।
अहिले बेलायतमै गएर त्यहाँको लाइसेन्स लिइसकेका नेपाली डाक्टरहरुले त्यहाँ जान चाहिने योग्यता , पार गर्नुपर्ने प्रक्रियादेखि बेलायत गएपछि गर्नुपर्ने कार्यबारे जानकारी दिइने कार्यक्रम संचालक डा बिबेक अधिकारीले बताए।
जुलाइ ३ (यहि शनिबार) हुने कार्यक्रममा बेलायतबाट MRCP गरेर सहिद गंगालालमा काम गरिरहेका डा किरण आचार्य , बेलायतको लुटोनमा मेडिसिनमा फेलोशिप गरिरहेका डा बिमल आचार्य र बेलायतकै एक अस्पतालमा "रजिस्ट्रार" रहेका डा तिलक सापकोटासंग बृहत छलफल गरिने उनले जानाकारी दिए।
निशुल्क गरिन लागेको यस कार्यक्रमका लागि कार्यक्रम सुरु हुनुपहिले नै उपलब्ध गराइएको गुगल फर्म भर्नुपर्ने छ ।
नेपाली समय अनुसार दिउँसोको दुई बजे सुरु गरिने कार्यक्रममा एमबीबीएस अध्ययनरत,इन्टर्न,मेडिकल अफिसर,रेजिडेन्ट अनि कन्सलटेन्ट सबैले सहभागी जनाउनसक्ने कार्यक्रममा बक्ताहरुले आफ्नो अनुभव आदानप्रदान गर्नेछन् ।
जुममार्फत गरिने कार्यक्रमको रेकर्डेड भिडियो "स्वास्थ्यसंसार"नामक युट्टुब च्यानलबाट आउने कार्यक्रम संचालक डा अधिकारीले बताए।



Post a Comment