
चितवन मेडिकल कलेजमा जटिल खालको कलेजो प्रत्यारोपण सम्पन्न भएको छ । कलेजमा दोस्रोपटक सफल कलेजो प्रत्यारोपण गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार जाजरकोट जिल्लाको कुशे गाउँपालिका वडा नं. ९ का ४७ वर्षिय भरतविक्रम शाहीको प्रत्यारोपण गरिएको हो । उहाँको असार १८ गते १५ घण्टा लगाएर कलेजेको प्रत्यारोपण गरिएको देवकोटाले जानकारी दिनुभयो । शाहीलाई उहाँकी श्रीमती ४८ वर्षिय कमलादेवी शाहीले कलेजो प्रदान गर्नुभएको हो ।देवकोटाका अनुसार कलेजका विशेषज्ञ शल्य चिकित्सकहरु सर्जन डा. सञ्जयकुमार यादव, डा. एकानन्द सिंह, डा. जयन्त कुमार शाह, हेपाटोलोजी डा. सागर पौडेल, डा. बरुण श्रेष्ठ एनेस्थेसिया एण्ड क्रिटिकल केयर डा. किरण अधिकारी, डा. नविन यादव, डा. सुरेश गौतम, डा. विरेन्द्र राउत, रेडियोलोजिष्ट डा. दिपक अधिकारी डा. सुवास ओझाको टिमले प्रत्यारोपण गरेको थियो ।यसैगरी स्टाफ नर्स कमला क्षेत्री, प्रेङका पौडेल, सलिना तिवारी, सुमि कार्की बर्षा लोहनी, प्रतिमा रेग्मी, अस्मिता भण्डारी, सुदिपा देवकोटा, कृति चौधरी, अन्जु थापा, श्रृती यादव, नितु बस्नेत, सुष्मा भुजेल, अनिता भण्डारी लगायतको टिम पनि प्रत्यारोपणमा संलग्न थियो । प्रत्यारोपणमा भारतको एपोलो अस्पतालका चिकित्सकहरु डा. निरभ गोयलको टिम समेत संलग्नता देवकोटाले बताउनुभयो


Post a Comment