बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई पक्षबीच बार्ता जारी

बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रस्तिस्ठानका आन्दोलनरत पक्ष र सरकारी पक्षबीच बार्ता भइरहेको छ। प्रधानमन्त्री  कार्यालयका सचिव डा वैकुण्ठ अर्यालको संयोजकत्वको सरकारी छानबिन समिति र आन्दोलनरत पक्षबीच सोमबार वार्ता भइरहेको हो। वार्तामा सरकारको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा अर्याल, हरि लम्साल, डा गुणराज लोहनी लगायतका ९ जना रहेका छन् भने आन्दोलनरत पक्षको तर्फबाट डा एसपी रिमाल, डा विष्णु पोखरेल, डा सन्दिप साह लगायत १५ जना प्रतिष्ठानका चिकित्सक तथा कर्मचारी छन्।
बिपी प्रतिष्ठानमा प्रतिष्ठानका पदाधिकारीहरुले अनियमितता गरेको भन्दै त्यसको छानविन तथा प्रतिष्ठानका विभिन्न समस्या समाधान गर्नुपर्ने माग राख्दै प्रतिष्ठानका प्राध्यापक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरु आन्दोलित छन्।
प्रतिष्ठान शुद्धीकरणको अभियानसहित असार १ अघिदेखि उनीहरूको आन्दोलन जारी छ।

0/प्रतिक्रिया