इमर्जेन्सीमै डाक्टरमाथी हातपात : "जेल विथआउट बेल" लागू कहिले होला?

 टिचिङ अस्पताल महाराजगन्जमा इमर्जेन्सीमा कार्यरत डाक्टरलाई बिरामीको आफन्तले हातपात गरेका छन् ।

हिजो बिहीवार दिउँसो ३ बजेर १० मिनेट बजे तिर आएका एक बिरामीको आफन्तलाई आफुले सम्झाउन खोज्दा आफुलाइ समातेर मुक्का प्रहार गरेको पीडित डाक्टर सुवास पन्तले बताए।

हिजोको घटनालाइ डाक्टर सुवास पन्तले यसरी सम्झिए।

"हिजो दिउँसो लडेर घाइते भएका एक बिरामीलाई अस्पतालको इमर्जेन्सीमा ल्याइए लगत्तै हाडजोर्नीका डाक्टरहरुले हेरेर थप उपचार गर्दै हुनुहुन्थ्यो । भख्खरको युवा जो बिरामीको कुरुवा बनेर आएका थिए-उनी सुरुबाटै उत्तेजित बनेर होहल्ला गरिरहेका थिए । बिरामीलाई  "ग्रिन एरिया" मा प्रारम्भिक उपचार गरिसकेपछी "यल्लो जोन" मा राखियो । म अन्य बिरामी हेर्दै थिँए । एक्कासी मेरो स्क्रबमा लेखेको नाम पढ्दै आफ्नो बिरामीको उपचार कहिले गर्ने भन्दै कराउन थाले। उनी रक्सीको प्रभावमा रहेको प्रष्ट देखिएकाले मैले गार्डलाई भनेर बाहिर लैजाने भनेँ। त्यसलगत्तै उनले मलाइ समातेर गालामा जोडले प्रहार गरे । म निरीह भएँ। बाहिर गएपछी उल्टै ठूलो स्वरमा कराउँदै "दुई तीन दिनमा फेरि आएर म को हुँ देखाइदिन्छु" भन्दै थर्काउँदै थियो । म चाहिँ एकोहोरो एकै प्रश्न आफैंलाई सोधिरहेको थिँए- " कहिलेसम्म उपचार गरेको बदलामा मुक्का खाइरहने? अझ,अस्ति भख्खर "जेल विथवाउट बेल" भन्ने स्वास्थ्य क्षेत्रमा  "युगान्तकारी परिवर्तन" ल्याउने बिधयक पास भएको केही दिनमै उहि नियती किन दोहोरिएको होला स्वास्थ्यकर्मीको। अब एउटै चाहना अनि आग्रह संगै बिन्ती छ सरोकारवाला निकायसंग- मेरो जस्तो "उपहार" उपचार गर्दैगर्दा कुनै स्वास्थ्यकर्मीलाई भबिस्यमा पाउनु नपरोस्" ।

मिलापत्रमा घटना सल्टाउन दवाव आएपनी कानुनी प्रक्रिया सुरु गरिसकेको डाक्टर पन्तले बताए।


0/प्रतिक्रिया