फेवा सिटि अस्पतालमा भएको के हो?

 


स्याङ्जा-आँधीखोला गाउँपालिका वडा नम्बर ६ की २६ वर्षीया सबिता पोखरेल बिहानमा घाँस काटेर घर फर्केपछि पेट दुखेपछी उपचारका लागि पोखराको फेवा सिटि अस्पताल पुगिन्। बिरामीको अस्वभाबिक मृत्यु भएको भन्दै अहिले बिरामीको आफन्तले डाक्टरहरुमाथी गम्भीर आरोप लगाउँदै सामाजिक संजालमा आक्रोश पोख्दैछन् ।
भएको के हो?
फेवा सिटि अस्पतालको इमर्जेन्सीमा पेट दुखेर आएकी २६ बर्षिय महिलालाइ भिडियो एक्स-रे अनि सिटि गर्दा "Ureteric stone with Hydrouretonephrosis" भएको पुष्टि भएपछी उनलाइ "Spinal anesthesia" दिएर "Ureteroscopy" गर्ने तयारी भयो।
स्पाइनल अनेस्थेसिया दिनेक्रममा बिरामीमा "seizure" संगै मुटुमा समस्या देखिन थाल्यो।
त्यसपछि तत्काल अपरेसन गर्ने टिम अनि मुटुसम्बन्धि डाक्टरहरु मिलेर तत्काल "रिससिटेसन" सुरु गरेपनी अन्ततः बिरामीलाई बचाउन सकिएन।
गल्ती कसको?
घटना सार्वजनिक भएपछी बिरामीको आफन्तहरु आक्रोसित बनेर फेवा सिटि अस्पतालमा डाक्टरहरुलाई गाली गरिरहेको र अस्पतालमा भौतिक क्षति पुर्याइदिने धम्की संजालमा आइरहेका छन् ।
यो प्रकरणमा दोष कसको?
अनुसन्धानहरुले प्रष्ट देखाएका छन् - लोकल अनेस्थेसिया दिएका केही बिरामीहरुमा "Stroke Volume" को कमिले गर्दा "Ventricular Tachycardia" हुनसक्छ जसले seizure गराउन सक्छ।
यो डाक्टर वा अपरेसन टिमको कमजोरीले हुने नतिजा होइन ।
यो त हामीले धेरै बर्ष अनुसन्धान-लागू गरेपछि अपनाएको उपचारविधिको स्वभाविक "कमजोरी" हो।
सयौंमा एकलाइ हुनसक्छ।
तर,
त्यो एकजना जसलाइ हुन्छ- उसले यस्तोपनी हुनसक्छ भनेर कल्पना गर्नसमेत नसक्ने भएकाले आफ्नो आफन्तको मृत्यु अस्वभाबिक लाग्छ।
यस्तो जटिल परिस्थितिमा सरोकारवाला निकायले घटनाको सत्यतथ्य पीडित पक्षलाइ बुझाउन सक्नुपर्छ।
संसारभर लागू भएका आधुनिक उपचार बिधीमा आउने केही समस्यालाई लिएर डाक्टरमाथी भौतिक आक्रमणकै जोखिम बढ्दै जानू दुखत हो।
यस्तो भएमा डाक्टरहरुमा "रिक्स" लिएर उपचार गर्ने चलन हराउनेछ र गम्भीर प्रकृतिको बिरामीहरु अपरेसन कक्ष बाहिरै ज्यान जोखिममा राख्नेछन् ।
सरोकारवाला निकायले यसमा गम्भीर हुनुपर्ने आवस्यकता छ।
एकातिर "जेल विथआउट बेल" आयो भनेर बिश्वास दिलाउने।
अर्कोतिर, दुई दशकबढी विशेषज्ञ सेवा दिइरहेका डाक्टरलाई "उपचार बिधिका दौरान हुनसक्ने सम्भावित खराबी" लाई लिएर मानमर्दन गर्ने शैलीले अन्ततः बिरामी पक्षलाइ नै हानी पुर्याउनेतर्फ समाज-संजाल-मिडिया लगायत सरोकारवाला निकाय सबै सचेत भएर पाठ सिक्नुपर्ने जरुरी छ।

0/प्रतिक्रिया