हामीलाई धेरै जनाले सोध्नुभएको र जान्न चाहानु भएको रोग या समस्या "ग्यास्टिकको रोग " अनि यसको उपचार रहेकाले यसको बारेमा लेख्दै छौ। केहिले हामीलाई यो रोग सधैंको लागि कसरी निर्मुल पार्ने भनेर पनि सोध्नु भएको छ। यस लेखमा हामी ग्यास्टिक रोग यानी ग्यास्ट्राइटिस (gastritis ), कसरी हुन्छ, कसले गर्छ अनि यसका उपचारमा केन्द्रित रहने छौ।
"ग्यास्ट्रिक त अब सबै नेपालीमा छ प्रिय , यो नेपाली हो होइन भनेर चिन्ने रोग नै यो ग्यास्ट्रिक रोग त हो। जो मान्छेमा ग्यास्ट्रिक रोग छ, त्यो मान्छे नेपाली! जसमा ग्यास्ट्रिक छैन, त्यो गैर नेपाली!
वास्तवमा नागरिकताको प्रमाण प्रत्र पनि यहि ग्यास्ट्रिक रोग कै आधार मा दिनु पर्छ प्रिय"
-महजोडीको सुर बेशुर टेलिशृङ्खलाको एक टुक्का
पेट ले कसरी काम गर्छ
डाक्टरी पढ्ने सुरुवाती दिनमा पेटको बारेमा पढ्दा अचम्म लाग्थ्यो। हैन कति जानेको के शरीर बनाउने ले!!
खाना पचाउने प्रक्रियालाई मद्दत गर्न Acid (अम्ल ) को फ्याक्ट्री नै खोलेको छ पेट भित्र ।
अनि फेरी, आन्द्राको भागमा चाही त्यो फ्याक्ट्री छैन। Acid को फ्याक्ट्रीले फ्याक्ट्रीलाई नै नखायोस् भनेर पेटका घेरा,घाटीले पेट जोड्ने नली (oesophagus) अनि आन्द्राभन्दा बलियो र फरक तरिकाले बनाएको छ। अनि, अम्ल पनि चौबिसै घण्टा नआएर!
खाना आउने संकेत पाएपछि मात्र बन्छ वा पूर्णरुप ले तयार हुन्छ जसले गर्दा खानामा असर गर्छ र पेटका घेरालाई कम गर्छ। Acid युक्त खाना अरु ठाउँमा गएर असर नगरोस भन्न लाई पेटसित जोडिने आन्द्रा र खाने नली को भाग मा कसिलो अवरोध (sphincter) हुन्छ। हामी मानब विकास संगै दुइ खुट्टेबाट चारखुट्टे भयौ । नत्र भने, अम्ल गुरुत्वोआकर्षणको आधारमा सबै भन्दा गहिरो भागमा रहन्थ्यो। अझ, अम्ल युक्त खाना आन्द्रामा जादा आन्द्रा ले अम्ल लाई काट्ने अल्कालिनले धोएर पठाउछ।
अब अम्ल (Acid) को फाइदा
खाना गलाएर, टुक्रा टुक्रा बनाउन मद्दत गर्छ, जसले गर्दा पाचन सहज हुन्छ।
खानासित आउने थुप्रै किटाणुलाइ मार्छ , यानी तिनीहरु Acid लाई सहन सक्दैनन्।
यी अम्ल बाट पेट आफै कसरी बच्छ त?
पेटको घेरा Acid बाट बच्ने गरी बनेको हुन्छ। घेरा भित्र थुप्रै तह हुन्छ र त्यस माथि पनि जेल्ली (mucus) जस्तो कुरा हुन्छन, अनि अरु थुप्रै तत्व हुन्छ।
ग्यास्ट्रिक रोग यानी ग्यास्ट्राइटिस के हो ?
जुन पेटको घेरा र आन्द्राको पहिलो भागको घेराको माथि कुरा गरिएको थियो । त्यसकै संक्रमण वा असर वा घाउ हुन गएमा हुने अवस्थालाई हामी ग्यास्ट्राइटिस वा ग्यास्टिकको रोग भएको भन्छौ । अनि, पुरै घेराको गहिराईमा यसको असर भएमा हामी अल्सर भएको भन्छौ।
यसको कारण
जब कुनै कारणबस यो घेरा लाइ नोक्सान पुग्छ जस्तै,
मदिराको अत्ध्याधिक सेवन
चुरोट सेवन , धेरै कफी सेवन ,
समय मा खाना नखाने
कति प्राय औषधि जस्तै ; दुखाइ को बेला मा प्रयोग हुने NSAID , यानी पेनकिलर , यानी दुखाइ कम गर्ने औषधि जस्तै ब्रुफ़ेन , अस्पीरिन !
धेरै तनाव/चिन्ता को अवस्था
यी सबले पेटभित्र निस्क्रिय रहेको Helicobacter pylori नाम को किटाणु को संक्रमणको सम्भावना बढाउछ (घेरा लाई कम्जोर बनाएर)।
Autoimmune वा आफ्नै कोशीका को संक्रमण , क्यान्सर , आदि पनि अरु कारण मा पर्दछ
लक्षण
वाक वाक लाग्ने वा उल्टी हुने ,
पेट दुख्ने, दुख्ने पोल्ने, घोचेको महसुस हुने - खाना को सेरोफेरो मा
अपच हुने ,
पेट फुलेको महसुस हुने
खानाको रुचि कम हुने
कालो दिसा हुने वा दिसा मा रगत देखिने
कालो वा रगत मिसेको वा खैरो बान्ता हुने
पत्ता लगाउने तरिका
लक्षण बाट (धेरै प्रयोग हुने तथा उपयोगी तरिका),
मुखबाट क्यामेरायुक्त पाइप छिराएर सिधै हेरिने बिधि (endoscopy ), साथै लिने biopsy (कोषिका का केहि अंश को जाच )
बिसेस प्रकारले गरिने X-ray
उपचार बिधि ;
हुन नदिने - पेटलाई घरझैँ बनाउने होटेल झैँ होइन (मतलब,पेटलाइ अफ्नै सम्झेर माया गर्ने होटेललाइ जस्तो दुई दिनको माया नगर्ने। नेपालीमा निश्चित समयमा नखाने, एकनाले नखाने कारण पनि यो रोग हुने कारण हुन्
माथि उल्लेखित कुरा बाट बच्ने जस्तै मदिरा , ध्रुम्रपान आदि,
तनाव रहित जीवन लाइ जोड दिने ,
जथाभावी रुप मा औषधि को प्रयोग नगर्ने ,
भैसकेपछि
लक्षण र जांच अनुरुप औषधि को प्रयोग जसमा acid लाइ काट्ने antacid जस्तै डाइजिन ,
Acid को फ्याक्ट्री लाई सक्रिय हुन नदिने जस्तै Ranitidine, Pantoprazole
पेट मा हुने किटाणु (Helicobacter pylori) को नास गर्ने औषधि (antibiotic ) को प्रयोग
समय अवधि -- ३-४ हप्ता
कति जना लामो समयको लागी , बिना डाक्टर को सलाह प्रयोग गर्छन, त्यो गलत हो , माथि भने झैँ acid को पनि आफ्नो काम छ !
केहि अवस्थालाइ छोडेर त्यति लामो समय सम्म औषधि को प्रयोग गर्न हुन्न ।
एकदमै सतर्क हुने लक्षण -- रगत को उल्टी, कालो दिसा आएमा!
अन्त्यमा, सबै पेट दुखाई ग्यास्ट्राइटिस यानी ग्यास्टिक होइन ! (स्वास्थ्यपाटी सम्पादकीय टिमको प्रस्तुती)



Post a Comment