एमबीबीएस गरेपछि जुन बिजोक स्थिति छ,त्यसको बारेमा एमबीबीएस सुरु गर्नुभन्दा एकदिन अगाडीमात्र थाहा भइदिएको भए पनि मैले कहिल्यै पढ्ने थिइन होला।
सुरुमै यो हदको निराशाजनक कुरा गरेकोमा माफी।
सायद,
लेख पूरा पढिसकेपछी "कस्तो यथार्थ लेखेछ" भनेर मनमनै धन्यवाद भन्नुहुनेछ भन्नेपनि मलाइ थाहा छ।
..
२०११ मा डाक्टर पढ्न apply गरेँ!
२०१२ मा पढ़न गएँ।
पुर्वी युरोपियन देश बेलारूसमा।
म पढ्न गएको शहरमा म मात्रै नेपाली। मैले पढेको युनिभर्सिटीमा लगभग २५ देशको student थियौँ । मेरो समुहमा धेरै भारतीयहरु थिए , सँगै अफ्रिकी पनि ।
शिक्षकले कक्षामा प्रश्न गर्दा अरुले भन्दा सामान्यतया मैले नै अगाडी उत्तर गर्थें ।
मैले उत्तर दिएको देखी नसकेर भारतीय साथीहरूले गोरखाली-गोरखाली भनेर पछाडिबाट जिस्काउने गर्थे। कतिपए भारतीयले "तँ जस्तो नेपाली मेरो घरको चौकिदार पनि छ" सम्म भने।
म सधैं शान्त स्वभावको कहिले पनि केही नबोल्ने। म नबोलेको देखेर मलाई झन हेप्न थाले। म पहिलो बर्षमा हुँदा मैले पाचौं बर्षको सिनियरको खाना पकाउन मानिन भनेर मेरो कक्षाका सहकर्मीहरु पाचौं बर्षका सिनियरहरुसंग मिलेर मलाई क्रमशः हेप्ने,अनावश्यक गाली गर्ने र पिट्नसम्म आए!
मैले अति सहेँ ।
तर,
"लिमिट क्रस" भएपछि मैले सहन सकिन।
सायद,
हरेक सहनशीलताको एउटा थ्रेसहोल्ड हुन्छ्होला ।
महिनौंसम्मको अपमान-विभेद अनि दुव्र्यवहारको थ्रेसहोल्ड कटेपछी म भित्र गुम्सिएर रहिराखेको "प्रतिभा" प्रस्ट्फुटित भएरै छोड्यो!
मतलब ,
आयो गोर्खाली!
"हटि हैन डटि लड्ने नेपालीको बानी हुन्छ" गीत एक्कसी मन-मुटु-दिमागमा आइहाल्यो।
फलस्वरूप ,
मलाई पिट्न आउँदा मैले दुई-तीन जना सिनियर-सहकर्मीलाई मज्जाले कुटेँ ।
त्यसपछी,
तिनीहरुले मसँग कहिल्यै पनि निहुँ खोजेनन् ।
मलाई जता देखेपनि डराउने गर्थे। मैले यसबाट के बुझेँ भने ,हामी कहिल्यैपनि चुप लागेर बस्नुहुन्न !
जती चुप लाग्यो त्यति नै हेप्दा रहेछन्।
घटना एक-पाठ अनेक!
तर,
सर्त लागू हुनेछन् -सिक्न चाहेमा! घटनाबाट सिक्न चाहेमा मात्र।
.......
त्यहाँ हरेक सेमेस्टरको परीक्षामा अन्तिममा हुने परीक्षामा म सधैं बोर्ड टपर नै हुन्थेँ।
दोस्रो बर्षको परीक्षा सकिएपछि मैले थाहा पाएँ, नेपालमा डाक्टरको बेहाल छ!
तलब कम छ !
आफुले भनेको बिषयमा एमडी गर्न त्यस्तै गार्हो छ।
अनि,
मेरो आँखा खुल्यो अनि धेरै सोचेरै निर्णय गरेँ- "अब डाक्टरी पढाइ थप पढ्दिन भन्ने सोचेँ। बिदामा घर आँए।
दुई महिनाको छुट्टी सकियो।
घरमा सबै कुरा भनेँ तर मैले सम्झाउन सकिन।
मैले मेरो अन्तर्मनको आवाजमा परिवारका कुनै सदस्यलाई कुनै तर्कले सहमत गराउन सकिन।
अनि, म नाक खुम्चाउँदै,
आफ्नै अन्तर्मनको आवाजलाइ तिरस्कार गर्नुपरेको ग्लानीबोध बोकेर म बिमानस्थल गएँ।
सायद,
मेरो हृदयको आवाज अलिकती भएपनी कसैले सुनिदिएझैँ लाग्यो,
त्योबेला,
जब,
नेपालको बिमानस्थलमा "फ्लाइट डिले" भयो ।
जसको कारणले मैले इस्तानबुलको अर्को फ्लाइट मिस गरेँ अनि मैले इस्तानबुलबाट बेलारुसको राजधानी जान ठाक्कै दुई दिन कूर्नुपर्यो ।
त्यो ४८ घण्टे ट्रान्जिटमा मनमा अनेक कुरा खेले अनि योजना मनमनै बुनेँ र घरमा भनेँ- " मेरो फ्लाइट मिस भयो ,अनि अब भिषा सकियो । मलाई राजधानीमा पुगेपछि घर फिर्ता पठाइदिन्छ"।
सोचेझैँ , परिवारको सदस्य कसैलेपनि मेरो कुरामा बिश्वास गर्नुभएन ।
मसँग डलर क्यासमा थियो।
मैले बिमानस्थललमा नै नेपाल फर्किने टिकट काट्न कोसिस गरेँ।
तर, क्यास पैसाले नमिल्ने रहेछ, एटीएम कार्डनै चाहिने रहेछ जुन मसँग थिएन ।
केही उपाय लागिहाल्छ कि भनेर मैले टर्किस एयरलाइन्सका एजेन्टलाई केही पैसा थपिदिन्छु, मेरो टिकट काटिदिनु भनेर धेरै नै अनुय बिनय गरेँ ।
तर,
मानेनन्।
अनि फेरी नाक खुम्च्याउँदै ४८ घण्टे ट्रान्जिट पछि राजधानी गएँ ।
त्यहाँ गएपछि एकजना नेपाली साथीको अपार्टमेन्टमा बसेँ।
त्यहाँबाट हरेक कोसिस गरे नेपाल फर्किने।
तर, ममी/बाबा/भाई कोही पनि मान्नु भएन।
एक जना senior दाई हुनुहुन्थ्यो MD गर्दै गर्नुभएको । उहाँले मलाई धेरै सम्झाउनुभो पढाईलाई निरन्तरता गर भनेर। मेरो कुरा कसैले नसुने पछि म आफु पढ्ने शहर गएँ अनि पढाइलाइ निरन्तरता गरेँ।
मैले हरेक बर्ष आफ्नो ब्याच उत्कृष्ट हुँदै अन्ततः युनिभर्सिटी टप गरेँ । बिदेशी विद्यार्थीबाट मैले मात्र Red degree with honour(Gold medalist) पाएँ। एकवर्ष त्यहीँ इन्टर्नसीप गरेँ, अनि नेपाल आएँ।
नेपाल आएको केही दिनमा नै चितवनको एउटा मेडिकल कलेजमा मा काम सुरु गरेँ।
जती कुरा सुनेर मैले MBBS को पढाइलाइ क्रमभंग गर्ने निर्णय गरेको थिएँ, त्यो भन्दा धेरै बेथिति , भद्रगोल, श्रम शोषण , राजनीति, पहुँच, चाकडि रहेछ आफ्नै काम गर्नपनी ।
मेडिकल अफिसरको कुनै अर्थै रहेनछ।
सायद,
शब्दमा "अफिसर" भएरपनी यथार्थमा सबैभन्दा बिजोग कसैको छ भने त्यो मेडिकल अफिसरको नै हो यो देशमा।
तलबभन्दा धेरै फ्रस्टेसन , हेपाई, कुटाई, मानसिक तनाब ।
अझ, एमडी कहाँ-कहिले-कसरी गर्ने भन्नेको चिन्ता ,दिन-रात को कडा मिहेनत।
अरुले तपाइँ के को डाक्टर भन्दा पनि हामीसँग जबाफ छैन।
कस्तो निरीह!
कति लाचार है!
म बिगत २ बर्षदेखी malpractice, salary र हाम्रो हक अधिकारका कुराको लागी निरन्तर आवाज उठाउँदै , लेख्दै आएको छु।
जे लेख्छु त्यो हकिकत लेख्छु।
सत्य कुरा तितो हुन्छ, कसैलाई मन पर्न सक्छ।
कसैलाइ नपच्न सक्छ।
यही सिलसिलामा मलाई २,३ जना ठुला "डाक्टर साब"हरुले धेरै नलेख, नबोल, तिमी आफ्नो दुनो सोझाउने काम गर भन्नु भयो।
HA/CMA ले गर्दा आज हाम्रो यो हालत भयो भन्दा , उनीहरुको छोरा/ भतीज सबैले मैले लेखेको कुरालाई सकेसम्म डाइभर्ट गराउन चाहे ।
थाहै छ, कुरालाई जता लैजान चाह्यो-त्यतै जान्छ ।
धेरै कोसिस गरेँ एकताको लागी तर सकिन।
कहिलेकाहीँ त लाग्छ, बरु भारत र पाकिस्तान एक होलान् ,हामी नेपाली डाक्टरहरु आफ्नो अधिकार प्राप्तिका लागि एक हुन सक्दैनौं ।
देशमा बढी नै अनावश्यक राजनीति भयो भनेर भन्न कहिल्यै नथाक्ने हामीहरु आफ्नो फ्याटरनिटी भित्रचाहिँ कहिल्यै नसकिने राजनीति खेल्न मरिहत्ते गर्छौं !
तर,
सबैलाई थाहा छ-यो राजनीतिले कहिँ पुगिन्न।
आफ़्नो हक अधिकार चाहिएको छैन, धेरै पढेको भनेर अहंकारले भरिएका छौं ।
त्यो अहंकार जुन "पिसाबको न्यानो" जति समयपनी टिक्दैन।
सधै एकअर्कासंग लडेर बस्ने । यही अनुपातमा डाक्टरको उत्पादन हुँदै गयो भने १२-१५ बर्षमा लगभग १ लाख डाक्टर हुनेछौँ ।
पेरिफेरीमा रहेका धेरै जसो क्लिनिक/polyclinic मा त्यहिHA/CMA/ANM क़ो छोरा/छोरी डाक्टर भएर सम्हाल्नेछन् ।
अनि डाक्टरको भिड ठुला सहरहरुमा हुनेछ!
अनि,
आफ्नो अधिकारका लागि लड्न होइन,जति कम तलब दिएपनी हात थापेर ज्यालादारी गर्न बिवश हुनेछौं हामी।
हाम्रो निकट भबिस्यको त्यो नियतीबारे हामी अनबिज्ञ भएको कि लापरबाही गरेको?
बोलौँ।
अलिकती स्वाभिमान,अलिकती इमान अनि अलिकती यथार्थ बुझेका हामीहरु नबोले अरु को बोल्छ!



Post a Comment