
चितवनमा रहेका इन्टर्न डाक्टरहरुले आफ्ना लागि आवश्यक स्वास्थ्य सामाग्री आफैं जुटाउन पहल सुरु गरेका छन् । दैनिकजसो बिरामीको प्रत्यक्ष सम्पर्कमा हुनुपर्ने भएतापनी सम्बन्धित निकायबाट सुरक्षाका लागि कुनै ठोस पहलकदमी नभएपनी आफुहरु नै अघि सरेको यो कार्यक्रमका नेतृत्वकर्ता आबिस्कार चाँपागाँइले बताए ।
'आफ्नो लागि आफैं´ भन्ने नारा लिएर सुरु गरिएको कार्यक्रमको केही दिनमा नै उल्लेख्य सहयोग मिलेको उनले बताए। अझै केही समय यो कोराना महामारी रहने भएकाले कम्तीमा यो महामारी रहुुुन्जेल पुग्ने माक्र्स-स्यानिटाइजर-फेस शिल्ड लगायतका स्वास्थसामाग्रीको जोहो गर्न लागेको उनले बताए। चिकित्सा क्षेत्रको नेतृत्वदायी संघ नेपाल मेडिकल एसोसिएसनले इन्टर्न चिकित्सकलाई कुनै सहयोग नगरेको गुनासो गर्दै युवा चिकित्सकले सबैलाइ सहयोग गर्न अपिलसमेत गरे।
भरतपुरमा रहेका केही सिनियर चिकित्सकले पनि यो योजनामा साथ दिइरहेकाले कार्यक्रम सफल भएको युवा चिकित्सकहरुले बताए।


Post a Comment