भरतपुर क्यान्सरका डाक्टरद्वारा `आफ्नालागी आफैं ´ अभियानमा सहयोग

 



"शिल्ड फर फ्युचर" अभियानको सहयोगका लागि  विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट   करिब तीस हजार संकलन भएको छ ।  डा मधु न्यौपाने को अग्रसरतामा करिब एक्काइस चिकित्सक ले युवा नव आगन्तुकलाई साथ दिनु नै भोलि को भविष्य सुनिश्चित गर्न सक्ने र अभिभावकत्व ग्रहण गर्ने संदेश दिन यो कार्यक्रमबाट ठुलो भूमिका खेल्ने छ । संकलित रकम शिल्ड फर फ्युचर टिमलाई ,  चिकित्सक डा देश कुमार गौतम निर्देशक विपी कोइराला क्यान्सर अस्पताल, डा कृष्ण सागर शर्मा उपनिर्देशक क्यान्सर अस्पताल, डा जयराम अधिकारी, डा विवेक कँडेल ज्यूहरुको उपस्थितिमा मा  डा मधु न्यौपानेले  , अभियानका अभियन्ता डा आविष्कार चापागाईं र डा विपेन क्षेत्री लाई एक कार्यक्रम का बीच हस्तानतरण गर्नु भएको छ ।।



इन्टर्न चिकित्सक को भत्ता पनि कम हुने र आफ्नो जोगिन का लागि भएपनि मास्क, फेस शिल्ड किन्नु पर्ने वाध्यता हटाउने यो अभियान सुरु हुँदै छ ।

पहिलो चरणमा चितवन को दुइटा मेडिकल कलेज का एमविविएस र बिडिएस का करिब २५० विद्यार्थी लाई लक्षित रहेको छ । भोलि को दिनमा सहयोग संकलन गर्दै जाँदा देशव्यापि नै गर्ने लक्ष्य लिएका छन् अभियन्ता इन्टर्न चिकित्सक ।


महामारी को बेला यसरी सिनियर चिकित्सक ले नयाँ आगन्तुक चिकित्सक प्रति देखाउनु भएको माया ,स्नेह अनि प्रेमले चिकित्सकहरु को एकता प्रष्ट देखाउँदै, महामारी सँग लडन यो कार्यक्रम र सहयोग ले ठुलो भूमिका खेल्ने छ ।।

0/प्रतिक्रिया