`एनिमल एसिस्टेड थेरापी´-`एक्प्लोर´ भइनसकेको उपचार पद्धति

डा बिबेक अधिकारी 

हामीहरु कतिलाई घरमा कुकुर बिराला पाल्न मनपर्छ। कतिलाइ मनपर्दैन । तर, यी जनवारहरुले हाम्रो जिवनको शारीरिक-मानसिक भावानात्मक र सामाजिक पाटालाई सुधार्न मद्दत गरेको भनी धेरै अनुसन्धान हरुले बताएको छ ! पशु सहयोगी थेरापी भन्नाले animal assisted therapy अहिले यूरोप , अमेरिका जस्ता बिकासित देशमा प्रयोगमा ल्याइएको एक किसिमको उपचार बिधी हो । शरीरमा चिरफार नगरी , कुनै औसधि प्रयोग नगरी कुनै आफुलाइ मनपरेको जनवार वा ट्रेनिङ दिइएको कुनै घरपालुवा जनवारबाट बिरामीसङ प्रत्यक्ष भेट गराइ गरिने थेरापी हो ! यस किसिमको उपचार बिधिमा जनावरहरू उनीहरूको मालिकसँग त्यो ठाउँ सम्म जान्छन् जहाँ बिरामीहरू राखिएको हुन्छ चाहे त्यो घर होस या कुनै रिकभरी सेन्टर । जो दीर्घ रोगी हुन्छन जस्तै मुटुका बिरामी , क्यान्सरका बिरामी र मानसिक बिरामीहरु ! डाक्टरहरुले तपाईंलाइ यो थेरापीको बारेमा जानकारी गराउछन र त्यसपछि ,तपाइलाइ यो थेरापी बिभागका मान्छेहरुले भेट गर्छन र १०-१५ मिनेट भित्र तपाइलाइ त्यो जनावर र उसको ह्यान्डलरले भेट गर्छन तपाइको अस्पतालको रुममा ।
त्यसपछी ,तपाईं मुस्कुराउनु हुन्छ , तपाइको सोचमा सकारात्मकता आउँछ ,तपाईं भावनात्मक रुपले गाँसिनु हुन्छ । अनि,एकपल्ट भेटेको त्यो कुकुरसंग अर्कोपल्ट पनि भेट्न रुचाउनु हुन्छ । यस्तो कसरी हुन्छ? ...... बैज्ञानिक अध्ययनले भन्छ- यस्ता भेटहरुले तपाइँको endorphins हरु बढ्ने हुनाले प्रतिक्रिया स्वरुप तपाइँमा खुसी र आनन्द हुन्छ भन्ने देखाएको छ । cortisol , epinephrine जस्ता केमिकलहरु घटाएर तपाइलाइ सान्त र सकारात्मक बनाउने छ ! यस्तो थेरापी को कसले लिन मिल्ला त ? - दाँत उपचारको लागि आउने बच्चाबची - क्यान्सरका उपचार भैरहेका बिरामी - लामो समय अस्पतालमा बस्ने बिरामी - बिर्सिने रोग भएका बिरामी -post traumatic stress disorder भएका बिरामी - anxiety depression भएका बिरामी यस्तो थेरापि अस्पतालमा मात्र नभै ,कम्युनिटी प्रोग्राम , युनिभर्सिटीहरुमा नि प्रयोगमा आएको छ ! कार्यक्रमको प्रकार जस्तोसुकै भए पनि, सबै पशुहरूको स्वभाव परीक्षण गरिनु पर्दछ, पूर्ण पशु चिकित्सा जाँच दिइन्छ, र बिरामीहरूसँग काम गर्न सुरु गर्नु अघि आज्ञाकारीता प्रशिक्षण लिनुपर्दछ। कुन जनावरहरू कार्यक्रममा समावेशको लागि उपयुक्त छन्? AAT कार्यक्रमका लागि सबैभन्दा लोकप्रिय जनावरहरू कुकुर, बिराला र घोडा हुन्। यद्यपि चराहरू, खरायो, गुयना सुंगुर, सुँगुर र लिलामा पनि प्रयोग गर्न सकिन्छ। यो सुबिधा अहिले नेपाल जस्तो देशमा छैन तर यसको प्रयोग छिटै ल्याउन सकिन्छ ! शारीरिक भन्दा नि मानसिक रोगिहरु बढ्दै गएको यो समयमा यस्ता थेरापीहरु उपयोगी हुनसक्छन !

0/प्रतिक्रिया