कोभिड उपचारमा बढ्दो "चेस्ट इमेजिङ" बारे छलफल


 नेपाल रेडियोलोजिस्ट एसोसियसनको नेत्रित्वमा गत शनिबार “ कोभिड -१९को चेस्ट इमेजिङ” बिषयमा एकदिने जूम सेमिनार कार्यक्रम आयोजना गरिएको छ। उक्त कार्यक्रमको उद्द्घाटन गर्दै एसोसियसनका नवनियुक्त अध्यक्ष डा. हेन्सन खड्काले  नेपाल रेडियोलोजिस्ट एसोसियसनको पहलमा  आयोजना गरिएको यस्तो किसिमको कार्यक्रमबाट नेपालका सम्पूर्ण  रेडियोलोजिस्टहरु लगायत रेडियोलोजिका समस्त आवाशिय चिकित्सकहरु प्रत्यक्ष लाभान्वित हुने र  निकट भविष्यमा पनि  यस संस्थाबाट यस्ता कार्यक्रमको आयोजना गरिने कुराको जानकारी दिनुभयो। 


पुर्वान्चलका तीनवटै मेडिकल कलेजहरुबाट १-१ जना वक्ताहरुले प्रतिनिधित्व गर्नुभएको उक्त कार्यक्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रठिस्थानका असिस्टेण्ट प्रोफेसर डा. करुण देवकोटा, बिराट मेडिकल कलेजका असिस्टेण्ट प्रोफेसर डा. मनिषराज पाठक तथा नोबेल मेडिकल कलेजका असिस्टेण्ट प्रोफेसर डा. महेश गौतमले  “ कोभिड -१९को चेस्ट इमेजिङ”को बिषयमा  आ-आफ्नो  गहन धारणा राख्नुभएको थियो। त्यसैगरी नोबेल मेडिकल कलेजका प्रोफेसर ब्रिगेडियर जनरल हरिकबाल सिंहले आफ्ना भनाईहरु राख्दै नेपाल रेडियोलोजिस्ट एसोसियसनको उच्च प्रसंशा गर्नुभयो।  

कार्यक्रमको अन्त्यमा यस एसोसियसनका  नवनियुक्त महासचिब डा. सुन्दर सुवालले कोरोनाको  कारणले बिगत केही समयदेखी अवरुद्ध हुन पुगेको नेपाल रेडियोलोजिस्ट एसोसियसनको एकेडेमिक कार्यक्रमहरु आगामी  दिनहरुमा भर्चुवल माध्यमबाटै भएपनी सातै प्रदेशलाई समेटेर निरन्तर संचालन संचालन गरिने कुरा बताउनुभयो। 


हाल कोभिड -१९ को दोस्रो लहर चलिरहेको बेला यसको निदानको लागि छातीको सिटी स्क्यानको अत्याधिक  प्रयोग भैरहेकोले  यसको औचित्य पुस्टी गर्दै यस सम्बन्धि गहन जानकारी दिने उद्देश्यले संचालन गरिएको यस कार्यक्रमलाई यनआरएका सदस्य डा. तेजेन्द्र कार्कीले संयोजन गर्नुभएको थियो भने उक्त कार्यक्रममा नेपालभरीका अधिकांश रेडियोलोजिस्ट र  रेडियोलोजिका आवाशिय चिकित्सकहरु गरेर २०४  जनाको उत्साहजनक सहभागीता रहेको थियो। 



नेपालका सम्पूर्ण रेडियोलोजिस्टहरुको यौटै छाता  संगठनको रुपमा रहेको नेपाल रेडियोलोजिस्ट एसोसियसनले समस्त रेडियोलोजिस्टहरुको हक, हित र अधिकारको निरन्तर सुनिस्चितता गर्दै आएको कुरा सर्वविदितै छ र आगामी  दिनहरुमा पनि यसले यस्ता रचनात्मक कार्यक्रमहरु आयोजना गर्ने अपेक्षा गरिएको छ। 


कार्यक्रम संयोजक तथा  यनआरएका सदस्य डा. तेजेन्द्र कार्कीले नेपाल रेडियोलोजिस्ट एसोसियसनले गरेको यो कार्यको उच्च प्रसंशा गर्दै कार्यक्रम संचालन गर्नुभयो।

0/प्रतिक्रिया