धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थी-कर्मचारीहरुले चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।
प्रतिष्ठानमा जग्गा, भवन निर्माण, अक्सिजन प्लान्ट हरेक क्षेत्रमा अनियमितता हुने गरेको र अनिमियता गर्नेलाइ कारबाही गर्नुको साटो आवाज उठाउनेलाइ छानीछानी स्पष्टीकरण सोधिएको भन्दै स्वतन्त्र छानबिनको माग गरेका छन् ।
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरिले भ्रस्टाचार बारे आवाज उठाएका एसोसिएट प्रोफेसर डा बिष्णु पोखरेललाई स्पष्टीकरण सोधेका थिए।
राजनीतिक आस्थाका आधारमा प्रस्तिष्ठान संग कुनै साइनो नै नभएका ब्याक्तिलाई टीका लगाएर नियुक्ति गर्ने प्रचलन बढिरहेकाले प्रस्तिष्ठानको शैक्षिक पाटो खस्किएको र उपचाररत आएका बिरामीको बिचल्ली हुनेगरेको भन्दै विद्यार्थी अनि कर्मचारीले दुखसो गरेका छन् ।
फ्याकल्टी वलफेयरका अध्यक्षलाई सोधिएको स्पष्टीकरण बिनासर्त चौबीस घन्टाभित्र फिर्ता हुनुपर्ने अनि बिनाकारण स्पष्टीकरण सोधिएकोमा माफी माग्नुपर्ने र सञ्चारमाध्यम, समाजिक संजाल अनि जनसरोकार मार्फत उठिरहेका अनिमियता सम्बन्धमा सबै पक्षलाइ समेटेर उचित छानबिन गरि दोषीलाई कारबाही गर्नुपर्ने आन्दोलनको मुल माग रहेको त्यहाँ कार्यरत कर्मचारी अनि पढिरहेका विद्यार्थीहरुले बताए।




Post a Comment