बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको अनियमितता तथा बेथिति सुधारको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ .। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अध्ययनरत र पास आउट भएका विद्यार्थीहरु, डा गोविन्द केसी अलाइन्स र नागरिक अगुवाहरुले धरानमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै प्रदर्शन गरेका हुन्। प्रतिष्ठानको शुद्धिकरणका लागि भन्दै धरानमा आन्दोलनरत विद्यार्थीहरुले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरण अभियान संयुक्त संघर्ष समिति गठन गरेका छन्। प्रतिष्ठानको विकास र सुधारका लागि असार १ गतेदेखि त्यहाँ आन्दोलन भइरहेको छ। 




Post a Comment