"समिट नेपाल" ले एक्स-रे मेसिन सहयोग गरेपछि भच्चेक स्वास्थ्यचौकीबाट सेवा लिन सहज

समिट नेपालले सहयोग गरेको एक्स रे मेसिन

 अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकमा रहेको "भच्चेक स्वास्थ्यचौकी" मा एक्स रे को सुबिधा थपिएपछी त्यहाँ आउने बिरामीलाई सहज भएको छ।

 स्वर्गीय सुशिला अधिकारीको सम्झनामा उनको परिवारले खोलेको "समिट नेपाल" नामक संस्थाले करिब पन्ध्र लाखको लागतमा भच्चेक स्वास्थ्यचौकीमा एक्स रे जडान गरिदिएका हो।

केहिपहिले भुतपुर्व प्रधानमन्त्री एवं त्यही क्षेत्रका संघीय सांसद डाक्टर बाबुराम भट्टराईको सहभागितामा स्वास्थ्य शिविरसंगै एक्स रे हस्तान्तरण गरिएको थियो। 


एक्स रे हस्तान्तरण कार्यक्रममा एक्स रे गर्ने जनशक्ति भएपनी एक्स रे लाई ब्याख्या गर्ने मेडिकल डाक्टर नभएको प्रसंग जोड्दै उनले केही हप्ताभित्र मेडिकल अफिसर पठाउने बाचा गरेका थिए।

बाचा अनुरुपनै बिगत पाँच महिनादेखी भच्चेक स्वास्थ्यचौकीबाट मेडिकल अफिसरले नियमित सेवा दिइरहेको त्यहाँका बासिन्दाले बताए।

गोरखाको उत्तरी भेगमा पर्ने अजिरकोट गाउँपालिकाको केन्द्र भच्चेकको यो स्वास्थ्यचौकी त्यहाँका भेगमा बस्नेहरुको केन्द्र भएतापनी उचित ब्यवस्थापन र जिम्मेवार निकायको गैरजिम्मेवारीले स्वास्थ्यचौकी स्वयंलाई उपचार चाहिएको बेला हस्तान्तरण गरिएको एक्सरे मेसिनपछि केही सहज हुने समिट नेपालका अध्यक्ष कुश्माखर अधिकारीले बताए। 


"हामीले दिएको सहयोगको उचित प्रयोग भएको छ/छैन भनेर हामीले समयसमयमा जानकारी लिनुका साथै अनुगमन पनि गरिरहेका छौ । भबिस्यमा यो स्वास्थ्यचौकीलाई अझ सहयोग गर्ने इच्छा छ", संस्थाका सदस्य कुशल अधिकारीले भने।


0/प्रतिक्रिया