चिकित्सा शिक्षा आयोगद्वारा स्नातक प्रवेश परिक्षाको नतिजा सार्वजनिक

  चिकित्सा शिक्षा आयोगले एमबिबिएससहित स्नातक तह प्रवेश परीक्षाको नतिजा प्रकाशीत गरेको छ।


बिगतभन्दा यो पाली नतिजा प्रकाशित गर्न केही ढिलाइ भएको थियो।


सोमबार बसेको मन्त्रीपरिषद्ले चिकित्सा शिक्षा नियमावलीको संसोधान पास गरेसँगै नतिजा प्रकाशनमा आएको हो।

संसोधनमा सरकारी छात्रवृत्तिमा नयाँ प्रतिशत दर कायम गरेको छ।

प्रवेश परीक्षाको नतिजा प्रकाशसँगै नियमावली अनुसारकै नयाँ प्रतिशत दर कार्यान्वयनमा आउनेछ।

एक वर्ष अगाडि नै संचालन हुनुपर्ने प्रवेश परीक्षा गत साउन ९ गते संचालन गरिएको थियो।

विभिन्न विषयमा ३२ हजार ८०० जनाले प्रवेश परीक्षा दिएका थिए।


0/प्रतिक्रिया